२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

सहमतिको मस्यौदालाई अन्तिम रूप दिने काम भइरहेको छः रघुजी पन्त

२५ असार, काठमाडाैँ । नेकपा एमाले एकताका लागि बनेको कार्यदलको आजको बैठक जारी छ । कार्यदलका सदस्य एवं माधव नेपाल पक्षका नेता रघुजी पन्तले आजै टुंग्याउने गरी सकारात्मक छलफल भइरहेको जानकारी दिनुभयाे ।

उहाँले पत्रकारहरूसँगकाे कुराकानीमा भन्नुभयाे, ‘पार्टी एकतालाई कसरी अगाडि बढाउन सकिन्छ भनेर सबै साथीले आ-आफ्नो विचार राख्नुभयो । सबैका धारणा र विचारहरूलाई राखेर मस्यौदालाई पूर्ण बनाउने प्रयास भइरहेको छ । आजै सकौं भनेर प्रयासरत छौं ।’

उहाँले सहमतिको मस्यौदालाई अन्तिम रूप दिने काम भइरहेको बताए । उहाँले मस्यौदामा भएका बुँदाहरू सार्वजनिक गर्ने बेला नभइसकेको बताउनुभयाे । ‘हामीले फाइनल गरेर दुवै नेताहरू त्यसमा सहमति भएपछि सार्वजनिक हुन्छ,’ उहाँले भन्नुभयाे ।

प्रकाशित मिति : 18:12