एमाले कार्यदलको बैठक अर्थ मन्त्रालयमा सुरू
२५ असार, काठमाडौँ । नेकपा एमालेमा विवाद समाधान गर्न गठित कार्यदलको आजको बैठक सुरु भएको छ । सिंह्दरबार स्थित अर्थमन्त्रालयमा बैठक सुरु भएको छ भने बैठकमा १० जना नै उपस्थित हुनुभएको छ । हिजो साँझ उपप्रधानमन्त्री समेत रहनुभएका कार्यदलका सदस्य विष्णु पौडेल मन्त्रिपरिषद बैठकमा व्यस्त भएपछि औपचारिक बैठक हुन सकेको थिएन । आजको बैठकपछि कार्यदलले अब बैठक नगर्ने गरी भएको सहमति सार्वजनिक गर्ने तयारी गरेको छ ।
प्रकाशित मिति : 13:20









