४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

निरन्तर ओरालो लाग्दै सेयर बजार, ४ अर्ब ५८ करोडकाे कारोबार

२१ असार, काठमाडौँ । साताको दोश्रो दिन आज (सोमबार) पनि नेप्से परिसूचक र कारोबार रकम दुवैमा गिरावट देखिएको छ । लगानी गर्ने अन्य क्षेत्र विस्तारै खुकुलो हुँदै गएपछि नेप्सेमा यसको प्रभाव परेको लगानीकर्ता बताउँछन् । असार महिनामा कर बुझाउने समय भएकाले पनि नेप्सेमा करेक्शन आएको सेयर विज्ञहरुले बताएका छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक ११.७८ अंकले घटेर २८२२.७३ अंकमा बन्द भएको छ । यसअघि हिजो आइतबार नेप्से परिसूचक ८.४८ अंकले घटेर २८३४.५२ अंकमा बन्द भएको छ । ३ हजार विन्दुमा पुगेको नेप्से निरन्तर ओरालो लाग्दै २८ सयमा झरेको हो ।

सोमबार दिनभरिमा २२४ कम्पनीको १ करोड ६३ हजार कित्ता सेयर ५२ हजार पटक किनबेच हुँदा ४ अर्ब ५८ करोड २२ लाख १२ हजार रुपैयाँको कारोबार भएको छ । यसअघि हिजो आइतबार ५ अर्ब ५ करोड ३५ लाख ३८ हजार रुपैयाँको कारोबार भएको थियो ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार १५:५३