६ बुँदे प्रस्ताव पारित गर्दै सकियो एमाले केन्द्रीय कमिटी बैठक (प्रस्तावसहित)
१८ असार, काठमाडाैँ । ६ बुँदे प्रस्ताव पारित गर्दै नेकपा एमाले केन्द्रीय कमिटी बैठक सकिएको छ । नेकपा एमालेका नेता विशाल भट्टराईले बैठकमा पार्टीको विवादपछि बामदेब गौतम, हरि पराजुली, गणेश पहाडी लगायतका केन्द्रीय सदस्यहरु पार्टी विवादपश्चात् पहिलोपटक उपस्थित हुनुभएको जानकारी दिनुभयो ।
उहाँले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षता र महासचिव ईश्वर पोखरेलले संचालन गर्नुभएको बैठकले ६ बुँदे प्रस्ताव पारित गरेको जानकारी दिनुभयो । बैठकले पुष्पलाल, मनमोहन र मदन लगायतका अग्रजहरुप्रती सम्मान; कोभिडबाट मृत्युबरण गर्नुहुने सबैप्रति श्रद्धाञ्जली,सम्पूर्ण संक्रमितहरुप्रती स्वास्थलाभको कामना; बाढीपहिरोबाट ज्यान गुमाउनुहुनेप्रती श्रदासुमन अर्पण, घाइतेहरुको स्वास्थ्यलाभको कामना र बिस्थापितहरुको दीगो पुनर्स्थापना; बरिस्ठ नेता झलनाथ खनालको सिघ्र स्वास्थ्यलाभको कामना र पार्टीको तर्फबाट उपचार खर्चको ब्यवस्था गरिने ; पार्टीको आन्तरिक समस्या समाधानार्थ आह्वान गर्ने र चिनिया कम्युनिस्ट पार्टी स्थापनाको सयवर्षको उपलक्ष्यमा चिनेले प्राप्त गरेका उपलब्धिका लागि चिनिया जनताप्रती हार्दिक बधाई दिने प्रस्ताव पारित गरेको छ ।
भट्टराइका अनुसार बैठकमा बामदेब गाैतमले म तपाईंसङ आएको छु फर्केर जान्न, ननिकालेसम्म एमालेमा बसिरहन्छु, मलाई जिम्मेवारी दिएमा तपाईंको सहमतिमा म एकता गराउनेछु भन्ने प्रस्ताव गर्नुभएको थियो ।


प्रकाशित मिति : 14:49









