२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

देउवालाई दिएको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन माधव समूहलाई एमालेको निर्देशन

१८ असार, काठमाडाैँ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भन्दै एमाले संसदले दिएको हस्ताक्षर दुई दिन भित्र फिर्ता लिन निर्देशन दिनुभएको छ । एमालेको केन्द्रीय कमिटी बैठकमा महासचिवको तर्फबाट प्रतिवेदन पेश गर्दै उहाँले हस्ताक्षर फिर्ताका लागि अल्टिमेटम दिनुभएको हो ।

महासचि पोखरेलले प्रतिवेदन पेश गर्दै निर्वतमान सांसदहरूका लागि हस्ताक्षर फिर्ता लिन समय दिएको जानकारी गराउनुभयो । विघटित प्रतिनिधिसभाका माधव नेपाल र झलनाथ खनालसहितका २३ सदस्यलाई हस्ताक्षर फिर्ता लिएर पार्टीको पक्षमा उभिन निर्देशन दिएको हो । माधव पक्षका २३ जना पूर्व सांसदले देउवाका लागि हस्ताक्षर दिएका थिए ।

 

प्रकाशित मिति : 14:10