२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बस्दै

१७ असार, काठमाडाैँ । नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक बस्दैछ । कांग्रेस पार्टी कार्यालय सानेपामा दिउँसो २ बजेका लागि सभापति शेरबहादु देउवाले शीर्ष नेताहरुको बैठक बोलाउनुभएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार बैठकमा कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारीहरु र क्रियाशील सदस्यता छानबिन समितिका संयोजक र सदस्यहरुलाइ निमन्त्रणा गरिएको छ ।

बैठकमा सदस्या छानविन र महाधिवेशन तयारीका बारेमा छलफल हुने बताइएको छ । कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने गरी मिति तय भएको छ ।

प्रकाशित मिति : 08:54