व्यवहारमै जेठ २ मा फर्कियो एमाले, माधव नेपालसहितको बैठक बोलाइयो
१५ असार, काठमाडाैँ । नेकपा एमाले व्यवहारिक रूपमा जेठ २ गतेको अवस्थामा फर्किएको छ । मंगलबारको एमाले स्थायी कमीटी बैठकले महाधिवेशन आयोजक कमिटीलाई जेठ २ को अवस्थाको केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको छ । पार्टी प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बैठकले सो केन्द्रीय कमिटीको बैठक आगामी असार १८ गतेका लागि बोलाउने निर्णय समेत गरेको छ । जेठ २ मा नेकपा एमालेको केन्द्रीय कमिटी २४१ सदस्यीय रहेको थियो । योसँगै महाधिवेशन अायोजक कमीटीले गरेका सबै निर्णय समेत एकमुष्ट बदर हुनेभएको छ भने माधवकुमार नेपाल समूहको माग पूरा भएको छ । अब १८ गतेको बैठक माधव नेपाल समूह समेतको हुनेछ ।
प्रकाशित मिति : 20:06









