२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

निधी, कोइराला र सिंहबीच भेटवार्ता, महाधिवेशनबारे केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने

१५ असार, काठमाडाैँ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधी, महामन्त्री डा शशाङ्क कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ ।

पार्टीका पूर्वमहामन्त्री सिंह निवास चाक्सीबारी ठमेलमा मंगलबार भएको भेटमा पार्टीको आगामी १४औँ महाधिवेशन र मुलुकको समसामयिक घटनाक्रमका बारेमा छलफल भएको बताइएकाे छ । महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने विषयसमेतमा नेताहरुबीच छलफल भएको थियो ।

सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशनमा आफू एकपटक फेरि सभापति लड्ने आकांक्षा राख्दै आफूनिकट पार्टीका केन्द्रीय सदस्यसँग भेटेसँगै उपसभापति निधी, महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहबीच पनि भेटघाट बाक्लिएको हो । यसअघि आइतबार दिउँसो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य सुजाता कोइरालाबीच मण्डिखाटारमा भेटवार्ता भएको थियो ।

प्रकाशित मिति : 16:08