नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गरेको छैन, लाजशरम पचेको मान्छे जे पनि बोल्छः प्रधानमन्त्री ओली
१४ असार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीको अफर नगरेको बताउनुएकाे छ । प्रधानमन्त्री ओलीले आफूलाई प्रधानमन्त्रीको अफर आएको भनेर नेता नेपालले झुटको खेती गरेको बताउनुभयाे । ७० औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयाे, ‘तपाईंहरूले दुई-तीन दिन अघिदेखि सुन्नुभयो होला । मैले माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव राखेँ अरे ।
म यो मान्दिनँ अरे । मेरो शेरबहादुर देउवाप्रति यति निष्ठा छ, देउवालाई प्रधानमन्त्री बनाउने कसम खाएको छु । देशलाई धोका दिन्छु । जनतालाई धोका दिन्छु । तर, देउवालाई धोका दिन सक्दिनँ । मलाई बौला कुकुरले टोकेको छ र, कोहि नपाएर माधव नेपाललाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न ? प्रधानमन्त्री ओलीले भन्नुभयो ।
नेपालको राजनीतिमा सबैले चिन्लान् । यतिसम्म पनि मान्छे पतन हुँदा रहेछन् । आफ्नो सरकार ढाल्ने, कम्युनिष्ट आन्दोलन सिध्याउने, विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने हिँड्ने, अनि नेकपा एमालेको वरिष्ठ नेता भन्ने । यस्तो लाजशरम पचेको मान्छेको चर्चा गर्नुनै बेकार भएको प्रधानमन्त्री ओलीले भन्नुभयाे ।
प्रधानमन्त्री ओलीले माधव नेपाल नेपाली कांग्रेस को मामुली कार्यकर्ता भएको बताउनुभयो । आफ्नो सरकार ढाल्ने र कम्युनिष्ट आन्दोलन सिध्याउने माधव नेपाल लाजशरम पचेको मान्छे भएको उहाले बताउनुभयो ।
प्रकाशित मिति : 13:54









