गण्डकीमा मन्त्रीहरुको अस्थायी कार्यविभाजन, दीपक मनाङे विनाविभागीय
१३ असार, काठमाडौँ । गण्डकी प्रदेशमा मन्त्रीहरुको अस्थायी कार्यविभाजन भएकाे छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रीहरू कुमार खड्का र मधुमाया अधिकारीलाई मन्त्रालय तोक्नुभएकाे हाे । नेपाली कांग्रेसबाट मन्त्री बन्नुभएका कुमार खड्कालाई सामाजिक विकास मन्त्रालयकाे जिम्मेवारी दिइएको छ । त्यस्तै, माओवादी केन्द्रबाट मन्त्री बन्नुभएकी मधुमाया अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी दिइएको छ ।
राजिव गुरुङ (दीपक मनाङे) लाई भने कुनै जिम्मेवारी दिइएको छैन । मनाङ्गेले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिन खोज्दा अस्वीकार गर्नुभएकाे छ । उहाले अर्थ मन्त्रालय वा भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयमा दाबी गर्नुभएकाे छ । त्यस्तै जसपाबाट मन्त्री बनेका हरिशरण आचार्य पनि विनाविभागीय नै रहनुभएकाे छ ।

प्रकाशित मिति : 14:22









