२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

देउवा र प्रचण्डले भ्रष्टाचार र अस्थिरताको नयाँ श्रृङ्खला चलाउन खोजेका छन्ः अध्यक्ष थापा

१३ असार, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले विपक्षी गठबन्धन भ्रष्टाचार गर्नका लागि विदेशीका लागि कम्फर्टेबल सरकार बनाउने अभियानमा लागेको बताउनुभएको छ । सामाजिक सञ्जाल मार्फत टिप्पणी गर्दै उहााँले हालको अस्थिरता र संकट समाधानको सहज, प्रजातान्त्रिक र संवैधानिक बाटो चुनाव नैरहेको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘प्रतिगमनको त्रास देखाएर चुनावको विरोध गर्नेहरूले प्रजातन्त्र र संविधानलाई बलियो बनाउन होईन,बिदेशीलाई ‘कम्फर्टेबल’ सरकार बनाई भ्रष्टाचार, सर्वसत्तावाद र अस्थिरताको नयाँ श्रृङ्खला चलाउन खोजेका छन् ।’

थापाले विद्यमान चुनाव प्रणालीको कारण साधारणतया एउटै दलले पूर्ण बहुमत पाउने सम्भावना नरहेको बताउनुभएको छ । यहाँले अघि भन्नुभएको छ ‘त्यस अवस्थामा संविधानको धारा ७६(५)लाई निर्दलीय आधारमा प्रयोग गर्न पाईने नजिर कायम भयो भने भविष्यमा ‘फ्लोरक्रस’,पार्टी विभाजन,अपवित्र गठबन्धन र अस्थिरता नियमित र वैधानिक हुनेछ।के संविधानको आशय त्यही हो ?’

प्रकाशित मिति : 09:56