२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

शेरबहादुर देउवालाई सर्वोच्च अदालतले प्रधानमन्त्री घोषणा गर्नुपर्छः प्रचण्ड

१२ असार, काठमाडाैँ । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतले प्रधानमन्त्री घोषणा गर्नुपर्ने बताउनुभएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै प्रचण्डले यस्तो माग गर्नुभएको हो ।

उहाँले अदालतले देउवालाई प्रधानमन्त्री बनाउनुको विकल्प नरहेको दाबी गर्नुभयो । अध्यक्ष प्रचण्डले १४९ जना सांसदको हस्ताक्षर र १४६ सांसदको रिट सर्वोच्चमा रहेकोले देउवालाई प्रधानमन्त्री नबनाई नहुने बताउनुभयो ।

उहाँले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेर शेरवहादुर देउवालाई प्रधानमन्त्री तोक्नुपर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा अोलीले अदालतलाई धम्क्याउन थालेको आरोप लगाउनुभयो । उहाँले विदेशी हस्तक्षेपको विषयलाइ लिएर आफूहरुलाई धेरै एक्सपोज नगर्न आग्रह गर्नुभयो ।

प्रकाशित मिति : 17:14