२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

प्रधानमन्त्री नै पाएँ भने पनि देउवालाई धोका दिन्नः माधव नेपाल

१२ असार, काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्ताक्षर बुझाइसकेकाले धोका दिन नसक्ने बताउनुभएको छ । शनिबार भएको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले प्रधानमन्त्री नै पाए पनि देउवालाई धोका दिने पक्षमा आफू नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘माधव नेपाललाई प्रधानमन्त्रीको अफर आउँछ होइन, आइसक्यो । शेरबहादुरजीलाई बीचैमा पत्तासाफ गर्नुस्, तपाइँ भइहाल्नुस् भन्ने कुरा पनि आएको छु, उनले भने, माधव नेपाल धोका दिने मान्छे होइन। ’ उहाँले आफूलाई प्रधानमन्त्री बन्ने कुरा ठूलो नभएको बताउनुभयो ।

प्रकाशित मिति : 17:22