माओवादीबाट गाउँपालिका अध्यक्ष जितेका मनोजगुप्ता एमाले प्रवेश
१२ असार, पर्सा । केही समय पहिला माओवादी त्यागेर एमाले प्रवेश गर्नुभएका पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोजगुप्ता पार्टीको जिल्ला सचिव हुनुभएको छ । गुप्ता स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित हुनु भएको थियो ।
एमाले प्रवेशसँगै उहाँले जिल्ला सचिवको जिम्मेवारी पाउनु भएको हो । नेकपा एमाले प्रदेश २ कमिटी अध्यक्ष ज्वालाकुमारी साहले असार १० गते प्रदेश २ का ५ जिल्लाको अध्यक्ष तथा सचिव मनोनित गर्नु भएको थियो ।
जसमा पर्साको अध्यक्षमा प्रभु हजरा र सचिवमा मनोज गुप्ताको नाम छ । हजरा पहिला पनि अध्यक्ष नै हुनुहुन्थ्यो । माओवादी पार्टी परित्याग गरेको बताउँदै गुप्ताले आफू जनताको मन जित्न अहोरात्र खटिछने बताउनुभयो ।
स्थानीय तह निर्वाचन २०७४ मा गुप्ता २ हजार ८५१ मत प्राप्त गर्दै विजयी हुनु भएको थियो । उहाँका निकटम प्रतिद्वन्द्वी तत्कालीन संघीय समाजवादी फोरमका उम्मेदवार इन्द्रासन साहले २ हजार ६९४ मत प्राप्त गर्नु भएको थियो ।
प्रकाशित मिति : 14:17









