१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

चीनको नयाँ किसिमको पार्टी व्यवस्थाको नयाँ विन्दु के हो ?

१२ असार, काठमाडाैँ । चिनियाँ कम्युनिष्ट पार्टीको शतवार्षिकी नजिकिंदै आएको परिप्रेक्ष्यमा चीनको राज्य परिषद्ले जुन २५ तारिख “चीनको नयाँ किसिमको पार्टी व्यवस्था” शीर्षकको श्वेत पत्र जारी गर्दै बाह्य जगतसमक्ष चिनियाँ पार्टी व्यवस्था र राजनीतिक व्यवस्थाबारे जानकारी लिने एउटा झ्याल पनि खोलेको छ।

सो श्वेत पत्रका अनुसार, चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको बहु पार्टी सहयोग र राजनीतिक परामर्श व्यवस्था चीनको एउटा आधारभूत राजनीतिक व्यवस्था नै हो। त्यो व्यवस्था चिनियाँ उत्कृष्ट परम्परागत संस्कृतिमा भर परेको र चीनको ऐतिहासिक उत्तराधिकार, सांस्कृतिक परम्परा र आर्थिक तथा सामाजिक विकासको उत्पादित वस्तु रहेको छ।

चीनको एक किसिमको आधारभूत राजनीतिक व्यवस्थाको हैसियतले त्यसलाई चीनको संविधानमा पनि समावेश गरिएको छ।
चीनको नयाँ किसिमको पार्टी व्यवस्थाको नयाँ विन्दु के हो ? पहिलो, विभिन्न राजनीतिक पार्टीहरूबीचको विशेष सम्बन्धबाट प्रतिबिम्बित गरिएको छ। र दोस्रो, निर्णय प्रक्रिया र सञ्चालन उपायको विशेषता रहेको छ।

प्रकाशित मिति : June 26, 2021 at 9:06 am