फेरि माओवादीको पछि लागेका कर्णालीका तीन एमाले सांसद पुनः निलम्बित
११ असार, सुर्खेत । माओवादी नेतृत्वको सरकार जोगाउन फ्लोर क्रस गरेर विश्वासको मत दिने कर्णाली प्रदेशका तीन सांसद फेरि निलम्बनमा परेका छन । नेकपा एमाले संसदीय दलको निर्णय अनुसार प्रदेश सभा सचिवालयले उनीहरुलाई निलम्बित गरेको जानकारी दिएको छ ।
प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै नेकपा एमाले संसदीय दल कर्णाली प्रदेश बैठकको निर्णय अनुसार भौतिकमन्त्री अम्मरबहादुर थापा, उद्योगमन्त्री नन्दसिंह बुढा र भुमिमन्त्री कुर्मराज शाहीलाई निललम्वन गरिएको जानकारी दिएको छ । उनीहरूले पछिल्लो पटक एमालेको निर्देशन विपरित कर्णाली सरकारको बजेट पारित गर्न सहयोग गरेका थिए । अघि पनि उनीहरुलाई सांसदबाट निलम्बन गर्दा सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएको थियो ।

प्रकाशित मिति : 21:46









