१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

जापानमा फेरि स्वास्थ्य सङ्कटकाल घोषणा हुनसक्ने स्वास्थ्य मन्त्रीको चेतावनी

११ असार, टोकियो ।  जापानमा फेरि स्वास्थ्य सङ्कटकाल लगाउने संभावना रहेको दावी गरिएको छ । जापानका स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले फेरि अर्को पटक सङ्कटकाल घोषणा गर्न सक्ने बताउनुभएको छ । उहाँले कोरोनाभाइरसको महामारी अपेक्षित रुपमा न्यूनीकरण नभएमा र टोकियो ओलम्पिकलाई बाधा नपुगोस् भन्ने उद्देश्यले फेरि सङ्कटकाल लगाउन पर्न सक्ने शुक्रबार बताउनुभयो ।

जापानको राजधानी समेत पर्ने टोकियो महानगरपालिका भित्र मात्रै बिहीबार एक दिनमा ५७० जना नयाँ सङ्क्रमित भेटिएका छन् ।टोकियोमा दैनिक सङ्क्रमितको सङ्ख्या फेरि बढ्दै गएकाले फेरि सङ्टकालको खतरा बढेको उहाँले पत्रकार सम्मेलनमा बताउनुभयो ।अहिलेको अवस्था हेर्दा सङ्क्रमितको सङ्ख्या थप बढ्दै जाने देखिएको पनि उहाँले पत्रकारहरुलाई जानकारी दिनुभयो ।

प्रकाशित मिति : June 25, 2021 at 2:10 pm