कोइराला, सिंह र निधीबीच भेटवार्ता, १४औँ महाधिवेशनबारे छलफल
११ असार, काठमाडाैँ । नेपाली कांग्रेसको १ ४औँ महाधिवेशनका सभापतिका आकांक्षीहरु डा. शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिबीच फेरी त्रिपक्षय भेटवार्ता भएको छ। महाराजगञ्जस्थित् कोइराला निवासमा नेतात्रयबीच छलफल भेटवार्ता भएको हो । उनीहरुबीच आगामी महाधिवेशनको नेतृत्वबारे छलफल भएको बताईएको छ । यसअघि यी तीन नेता निधिको निवासमा भेला भएका थिए ।
खासगरी १४औं महाधिवेशनमा पार्टी नेतृत्वको लागि यी तीनै जना नेताले आ–आफ्नो ढंगले तयारी गरेका छन् । निधिले सभापति शेरबहादुर देउवालाई भेटेरै आफू धेरै अघि बढिसकेकोले अब ब्याक नहुने सन्देश दिइसक्नुभएको छ । संस्थापन ईतरबाट महामन्त्री कोइरालापनि सभापतिमा लड्नेगरि तयारीमा जुटेका छन् । सभापतिका आकांक्षी यी तीन नेताबीच भने मिलेर जानेबारे कुराकानी भैरहेको छ ।
प्रकाशित मिति : 13:38









