२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

माधव नेपाल प्रचण्डसँग मिलेर राजतन्त्र फर्काउने अभियानमाः भट्टराई

११ असार, काठमाडाैँ । राष्ट्रिय सभाका नेकपा एमालेका मुख्य सचेतक खिमलाल भट्टराईले पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल विपक्षीसँग मिलेर राजतन्त्र फर्काउने अभियानमा लागेको बताउनुभएको छ । उहाँले नेपाल मा‌ओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा अन्य विपक्षी दलका नेताहरूसँग मिलेर मुलुकको राजनीतिलाई पञ्चायत र राजतन्त्रतिर फर्काउन लागेको उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ ‘विपक्षी गठबन्धन निर्दलीय अभ्यासको निम्ति दाम्लो चुँडाएर लागेको छ । लोकतन्त्र र अग्रगमनको जामाभित्र गठबन्धनको नेताहरू शेर बहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाल र उपेन्द्रहरूले पञ्चायत र राजतन्त्रतिर मुलुकको राजनीतिलाई फर्काउने दुष्कर्म गर्दै हुनुहुन्छ । होसियार बनौं ।’ भट्टराईले अघि भन्नुभएको छ ,’संविधानको धारा ७६ (५) सांसद् र दल दुवैलाई हो । प्रधानमन्त्रीको उम्मेदवार हुन दलको निर्णय, समर्थन जरुरी पर्दैन । तर उनलाई प्रधानमन्त्री हुनको लागि दलको समर्थन आवश्यक हुन्छ । उनले दलहरूको समर्थन लिनु पर्ने हुन्छ । उपधारा ५ मा धारा ७६ को उपधारा २ अनुसार भन्ने उल्लेख भएकोले दलले समर्थन गर्नुपर्ने र सांसदलाई ह्वीप लाग्ने निश्चित छ ।’

प्रकाशित मिति : 12:24