माओवादी छाडेर एमाले प्रवेश गरेका १४ स्थानीय जनप्रतिनिधि पदमुक्त (सूचीसहित)
११ असार, काठमाडाैँ । माओवादी छाडेर एमाले प्रवेश गरेका १४ स्थानीय जनप्रतिनिधिको पदमुक्त भएका छन । निर्वाचन आयोगले माओवादी केन्द्रले कारबाही गरेका पालिकाका १४ जनप्रतिनिधिको पद रिक्त गरेको सूचना मार्फत जानकारी दिएको छ ।
२०७४ सालको पालिकाको चुनावमा माओवादी केन्द्रको तर्फबाट उमेद्वार भएर विजयी भएका तर दल त्याग गरेका उनीहरुलाई माओवादी केन्द्रले पदमुक्त गर्न माग गर्दै निर्वाचन आयोगलाई जानकारी गराएको थियो । आयोगले विज्ञप्ति निकालेर माओवादी केन्द्र छाडेर एमालेमा गएका दुई मेयर र पाँच उपमेयरसहित १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी गराएको हो । पदमुक्त हुने जनप्रतिनिधिको सूची तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : 08:49









