२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

संवैधानिक अंग कब्जा गर्न खोजियाे, जनपरिचालन गर्नुपरे साथ दिनुस्ः देउवा

१० असार, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधान प्रधानमन्त्री केपी शर्मा ओलीको शासकीय अहंकार र स्वेच्छाचारी निर्णय र कामका कारण संकटमा परेकाे जनाउनुभएकाे छ ।

आज सम्पादकहरुसँगको अन्तरक्रियामा बोल्दै उहाँले राष्ट्रपति र प्रधानमन्त्रीले प्रतिनिधि सभाको विघटन गरेर लोकतन्त्रमाथि नै खतरा उत्पन्न गरेकाे बताउनुभयाे । सदस्यहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि दावी सहित पेश गरेको आवेदनलाई राष्ट्रपतिले स्वेच्छाचारी किसिमले अस्वीकार गरेकाे आराेप लगाउनुभयाे ।

उहाँले भन्नुभयाे,  संवैधानिक अंग कब्जा गर्न खोजिएको छ । अदालतले असंवैधानिक काम रोक्दै आएको छ ।’ उहाँले आवश्यक परे जनपरिचालन गर्ने पनि बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘हामी सबै मुलुकसँग सुमधुर सम्बन्ध राख्न चाहन्छौं, नेपालको आन्तरिक मामिलामा नेपालीले नै निर्णय गर्न पाउनुपर्छ ।’ उहाँले नागरिक समाज, मिडिया सबैसँग आन्दोलनमा साथ खाेज्नुभएकाे छ ।

प्रकाशित मिति : 15:24