नेपाली कांग्रेसको महामन्त्रीमा डा प्रकाशशरण महतले उम्मेदवारी दिने
९ असार, काठमाडौँ । डा प्रकाशशरण महतले नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिनुहुनेभएको छ । हाल सहमहामन्त्री रहनुभएका डा महतले शेरबहादुर देउवाको प्यानल अर्थात संस्थापन समूहबाट महामन्त्रीमा उम्मेदवारी दिनेहुनुभएको हो । डा महतले महामन्त्रीमा उम्मेदवारी दिने विषयमा देउवासँगै टिमका शीर्ष नेताहरूसँग छलफल गरिसक्नुभएको छ ।
महतले अहिले देशभरका पार्टीका अगुवा कार्यकर्तासँग आफ्नो उम्मेदवारीको औचित्यका विषयमा कुराकानीमा जुटेको उहाँ निकट कांग्रेस नेता प्रल्हाद पन्तले जानकारी दिनुभयो । अर्थ र परराष्ट्र मामिलाका जानकार डा महत नुवाकोटको हुनुहुन्छ भने डा रामशरण महतका सहोदर भाइ हुनुहुन्छ ।
नेपाल विद्यार्थी संघबाट कांग्रेसको राजनीतिमा उदाउनुभएको महत कोरोना महामारीको न्यूनिकरणका लागि कांग्रेसले बताएको केन्द्रीय अनुगमन समितिको संयोजक हुनुहुन्छ । कांग्रेसमा सभापतिपछिको महत्वपूर्ण पद निर्वाचित महामन्त्री मानिन्छ ।
प्रकाशित मिति : 18:04









