धादिङ पुगेका प्रचण्डले भनेः माधव नेपालले केही दिनमै नयाँ पार्टी खोल्नुहुन्छ
७ असार, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली अब सकिने र माधवकुमार नेपालले नयाँ पार्टी गठन गर्ने बताउनुभएको छ । पत्नी सीता दाहालसँग चितवन जानेक्रममा धादिङको बेनीघाट रोराङ गाउँपालिका विशालटारमा कार्यकताहरुसँग कुरा गर्दै प्रचण्डले माधव नेपालसँग सोमबारमात्र आफूले छुट्टै कुरा गरेको बताउँदै केही दिनमै नयाँ पार्टी बन्ने बताउनुभयो । प्रचण्डले भन्नुभयो, ‘हिजो मात्रै नेपाल कमरेड सँग बसें हाम्रो गठबन्धन संविधान रक्षार्थ हो, नेपालले ओलीसँग रहन नसक्ने जानकारी गराउनु भएकोले ओली सकिए माधव नेपाल जीहरुले प्रतिनिधिसभा पुनस्थापना हुनासाथ नाम जे रहला नयाँ पार्टी खोल्नु हुन्छ तमाम एमाले कार्यकर्ताहरु नेपालसँगै आउनु हुनेछ ।
प्रकाशित मिति : June 21, 2021 at 5:52 pm









