वार्तामा रहेका नेतालाई गोकुलको प्रश्नः एकताको खिचडी पकाउने कमरेडहरू नै थाकेको हो ?
७ असार, काठमाडाैँ । नेकपा (एमाले)का नेता एवं पूर्व मन्त्री गोकुल बाँस्कोटाले एकताको नाममा खिचडी पकाउने काम धेरै समय नगर्न सुझाव दिनुभएको छ । उहाँले एकताका लागि भन्दै टाउको दुखुन्जेल ढुङ्ग्रो फुक्ने कामले निकास नसिक्ने बताउनुभएको हो ।
उहाँले भन्नुभएको छ, ‘एकताको खिचडी पकाउन दत्तचित्त भएर लागेका कमरेडहरु नै थाके कि के हो ? खिचडी पाक्ने त हो-होईन चुल्हो धुवाँएको पनि देखिएन कि असारे झरीमा झुर्का भेटिएन । अदालतमा बुझाएको सही फिर्ता लिने, जेठ ३ अघिको बैठक बस्ने । त्यो नमान्ने भए भो छोडदिम, झुर्का खोज्ने र टाउको दुखुन्जेल ढुङ्ग्रो फुक्ने काम।’
प्रकाशित मिति : 13:14









