५ चैत्र २०८२, बिहीबार | Thu Mar 19 2026

धितोपत्र बोर्डले जारी गरेकाे विज्ञप्तिकाे प्रभाव सेयर बजारमा, लगातार घट्दै बजार

६ असार, काठमाडाैँ । गत साताबाट सुरु भएको सेयर बजार घट्ने क्रमले यो साता पनि निरन्तरता पाएको छ । गत साता सोमबार ३०२५.८३ अंकसम्म पुगेको नेप्से त्यसपछि लगातार ३ कारोबार दिन करेक्सन भएको थियो ।

गत साता नै करेक्सनको दिशामा देखिएको सेयर बजमारमा यो साताको पहिलो कारोबार दिनमा नै भारी गिरवाट देखिएको छ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से ६३.११ अंकले घटेर २९०५.३२ अंकमा झरेको छ ।

गत साता नेपाल धितोपत्र बोर्डले बजार माथि पुगेसँगै जोखिम बढेको आशयसहितको विज्ञप्ति जारी गरेको थियो । बोर्डले विभिन्न ५१ सूचीकृत कम्पनीको नाम नै तोकेर जोखिमयुक्त भनेपछि सेयर बजारमा गिरावट सुरु भएको हो ।

आज २३१ कम्पनीको २ करोड ७३ लाख ४४ हजार ५११ कित्ता सेयर ११ अर्ब ८१ करोड ९४लाख २८ हजार २८८ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा सबै समूहको उपसूचकमा भारी गिरावट आएको छ । बैंकिङ समूहको उपसूचक ३५.४२, होटल ८८.५८, विकास बैंक १६५.२२, जलविद्युत १०१.०९, वित्त कम्पनी ८०.०४,निर्जीबन बीमा २७९.२५, उत्पादन तथा प्रशोधन २७९.२५, उत्पादन तथा प्रशोधन १४९.५, माइक्रोफाइनान्स ११७.६४, जीवन बीमा समूहको उपसूचक ३१०.९४ अंकले घटेको छ । कारोबारमा पुनर्बीमा कम्पनीको सेयर ८० करोड ९९ लाख ९९ हजार ७७९ रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित मिति : ६ असार २०७८, आईतवार १६:०१