१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

प्रधान्यायाधीश इब्राहिम रइसी इरानको राष्ट्रपतिमा विजयी

६ असार, काठमाडाैँ । कट्टरपन्थी धर्मगुरु इब्राहिम रइसी इरानको राष्ट्रपतिमा विजयी हुनुभएको छ । रइसी इरानको १३ औं राष्ट्रपति बन्नुभएको बीबीसीले जनाएको छ । उहाँले ६२ प्रतिशत मत प्राप्त गर्नुभएको छ । रइसीले आउँदो अगस्ट महिनाको सुरुवातमा शपथ लिनुहुने बीबीसीले जनाएको छ ।

इरानमा राष्ट्रपति सर्वोच्च नेतापछि दोस्रो वरीयतामा पर्छ । राष्ट्रपतिको आन्तरिक र वैदेशिक मामिलामा महत्त्वपूर्ण प्रभाव हुन्छ । तर राज्यसम्बन्धी सम्पूर्ण मामिलामा अन्तिम निर्णय सर्वोच्च नेता आयातोल्लाह अलि खामेनेईको हुने गर्छ । रइसी अहिले इरानका प्रधानन्यायाधीश हुनुहुन्छ । राजनीतिक बन्दीहरूलाई दण्ड दिइएका मुद्दामा संलग्न रइसी अमेरिकी सरकारले प्रतिबन्ध लगाएको पहिलो राष्ट्रपति बन्नुभएको छ ।

प्रकाशित मिति : ६ असार २०७८, आईतवार ०७:४९