२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

संविधानको रक्षा गर्ने दायित्व नेपाली काँग्रेसमा आएको छ : मुख्यमन्त्री पोखरेल

५ असार, गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानको रक्षा गर्ने दायित्व नेपाली काँग्रेसमा आएको बताउनुभएको छ ।

प्रजातान्त्रिक विचार समाज कास्कीद्वारा आज भर्चुअलरुपमा आयोजित ‘संविधानको रक्षा आजको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले काँग्रेस नेतृत्वको सरकारका समयमा जारी नेपालको लोकतान्त्रिक संविधानको रक्षार्थ काँग्रेस सधैं चिन्तित रहेको बताउनुभएको हो ।

समाजका केन्द्रीय अध्यक्ष डा केदारनरसिंह केसी, उपाध्यक्ष कुलचन्द्र वाग्ले, सचिव प्राडा वासुदेव भण्डारी जिल्ला अध्यक्ष प्राडा गिरिधारी शर्मालगायतले संविधानमाथि संकट आएका अवस्थामा प्रजातन्त्रवादी शक्ति एकजुट भएर यसको रक्षार्थ लाग्नुपर्ने आवश्यकता औल्याउनुभयो । अधिवक्ता कपिलमणि दाहालबाट अवधारणापत्र प्रस्तुत गरिएको कार्यक्रममा संविधानविद् डा. विपीन अधिकारीले टिप्पणि गर्नुभएको थियो ।

प्रकाशित मिति : June 19, 2021 at 7:53 pm