माधव नेपालले अर्को पार्टी बनाए म केपी ओलीसँग रहन्छु : योगेश भट्टराई
४ असार, काठमाडाैँ । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले एमाले विभाजन भयो भने आफू पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग रहने बताउनुभएकाे छ । आफू पार्टी एकताको पक्षमा रहेको बताउँदै उहाँले लागि पार्टी अध्यक्ष ओलीसँग नियमित भेटवार्ता गरिरहेको समेत बताउनुभयाे ।
एक कार्यक्रममा बाेल्दै उहाँले आफूले एकताको लागि नै इमानदार प्रयास गरेको बताउनुभयाे । पूर्वमन्त्री समेत रहनुभएका भट्टराईले माधव नेपालले पार्टीमा एकता, संघर्ष र रुपान्तरण नै गर्ने बताउनुभयाे । उहाँले नेता नेपालले पार्टी एकताकाे लाईन छोडे अर्को पार्टी बनाए पनि हुने बताउनुभयाे । उहाँले नेता नेपालले अर्को पार्टी बनाए आफू एमालेमै रहने बताउनुभयाे ।
प्रकाशित मिति : 13:14









