२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

भारत परस्त भनिएका बाबुराम माधव नेपालकाे घरमा, एमाले चाँडै छाड्न सुझाव

२ असार, काठमाडौँ । भारत परस्त भनेर चिनिएका डा बाबुराम भट्टराई एमाले नेता माधवकुमार नेपालकाे निवास पुग्नुभएकाे छ । भट्टराई नेपाल भेट्न निवास पुग्नुभएकाे हाे । एमाले एकता निर्णायक माेडमा पुगेकाे समयमा भट्टराई नेपाल निवास पुग्नुभएकाे हाे । भट्टराई एमाले विभाजन गराउने अभियान चलाइ रहनु भएकाे छ ।

यही समयमा नेपाललाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएकाे छ र यसअघि उपचारका लागि दिल्ली जानुअघि वरिष्ठ नेता झलनाथ खनालले एमाले विभाजनकाे खेलमा नलाग्न नेता कार्यकर्तालाई अपिल गर्नुभएकाे थियाे । त्यसपछि भएकाे याे भेटलाई अर्थपूर्ण रुपमा हेरिएकाे छ । भट्टराईएमालेबाट बाहिरिने निर्णय लिन अब ढिला नगर्न सुझाव दिनुभएकाे स्राेतले जनाएकाे छ ।

उहाँले नेपाल निकटका दाेस्राे तहका नेताहरुका कारण विपक्षी गठबन्धनमा शंका उत्पादन भएकाे भन्दै चाँडै एमाले छाड्ने निर्णय लिन सुझाव दिनुभएकाे छ । यसअघि भारतका लागि कम्फर्टेबल सरकार बनाउनुपर्छ भनेर घाेषणा गर्नुभएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा पनि एमालेमा नरहन सुझाव दिन काेटेश्वर पुग्नुभएकाे थियाे ।

प्रकाशित मिति : 20:29