२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले शुक्रबार विश्वासको मत लिने

२ असार, काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले शुक्रबार विश्वासको मत लिने हुनुभएकाे छ । संविधानको धारा १६८ को ५ बमोजिम गण्डकी प्रदेश प्रमुख सीता पौडेलले २९ जेठमा पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नुभएकाे थियाे । संविधानमा मुख्यमन्त्रीले शपथ लिएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

मुख्यमन्त्रीमा नियुक्त हुन पोखरेलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जसपा र स्वतन्त्रसहित ३१ जना सांसदको समर्थन जुटाउनुभएकाे थियाे । पोखरेलले विश्वासको मत लिन नसके संवैधानिक व्यवस्था अनुसार प्रदेशसभा भंग गरी ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने अवस्था आउनेछ ।

प्रकाशित मिति : 13:48