एमाले ध्वस्त पार्न देउवा र प्रचण्डले कोटेश्वरको डिलमा युरिया हालेछनः पूर्वमन्त्री बाँस्कोटा
१ असार, काठमाडाैँ । नेकपा (एमाले)का प्रभावशाली युवा नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले ध्वस्त पार्न माधव नेपालको निवास कोटेश्वरमा युरिया हालेको आरोप लगाउनुभएको छ ।
मंगलबार साँझ समाजिक सञ्जाल मार्फत पूर्वमन्त्री बाँस्कोटाले देउवा र प्रचण्डले माधव नेपाललाइ थप भाँडेको संकेत गर्नुभएको हो । उहाँले भन्नुभएको छ, ‘एमाले ध्वस्त गर्न प्रचण्ड देउवाले हिजो पनि कोटेश्वरको डिलमा युरिया हालेछन।तर पोटास र फस्फोरस थियो कि थिएनरु अब कस्तो सप्रेला वा थप पहेलिएला हेर्नु छरु’
एमाले स्थायी कमिटी बैठकको पूर्व सन्धायमा उहाँले गरेको यसखालको संकेतले माधव नेपाल समूहका केही बैठकमा नजाने सहजै आंकलन गर्न सकिन्छ । एमालेभित्र अनेक खालका उतारचढावहरू भएर अघि बढ्दा दोस्रो तहका नेता एमालेमै फर्कने सहज वातावरण खोजी रहेका छन भने माधव नेपालसहित केही कांग्रेस वा माओवादीसँग मिसिएर आगामी राजनीति अघि बढाउने मनस्थितिमा पुगेका छन ।
प्रकाशित मिति : 20:48









