कर्णाली सरकरको नीति तथा कार्यक्रमको विपक्षमा मत दिने एमालेको निर्णय
१ असार, सुर्खेत । नेकपा एमालेले कर्णाली सरकरको नीति तथा कार्यक्रमको विपक्षमा मत दिने निर्णय गरेको छ । एमाले संसदीय दलको बसेको बैठकले संसदमा नीति तथा कार्यक्रमको वपक्षमा मत दिने निर्णय गरेको हो । कर्णालीमा आजै नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत हुँदैछ ।
सर्वोच्चको आदेशबाट प्रकाश ज्वालासहित अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा प्रदेशसभा सदस्यको हैसियतमा पुनर्बहाली भएपछि एमालेको दलको बैठक बसेको हो । यसअघि एमालेकै सांसदले फ्लोरक्रस गरेर शाहीको सत्ता टिकाइदिएका थिए ।
आज बैठकमा सहभागी भएका प्रकाश ज्वालाले विपक्षमा मतदान गर्ने बैठकमा जानकारी गराएको प्रमुख सचेतक गुलाबजङ्ग शाहले जानकारी दिनुभयो । ३९ सदस्यीय प्रदेश सभामा एमाले एक्लैको २० सिट पुर्याएर सरकारलाई अल्पमतमा पार्ने र नीति तथा कार्यक्रम पारित हुन नदिने भएको छ ।
प्रकाशित मिति : 14:27









