२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

माधव नेपाल फकाउन देउवा र प्रचण्ड कोटेश्वरमा, स्थायी कमिटीमा सहभागी नहुन आग्रह

३१ जेठ, काठमाडाैँ । नेकपा (एमाले)को अन्तर संघर्ष अन्तिम चरणमा पुगेको समयमा फेरि चर्काउनका लागि नेपाली कांग्रेस र माओवादीले भूमिका खेल्न थालेका छन । एमाले वरिष्ठ नेता माधवकुमार नेपालको घरमा अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुग्नुभएको छ ।

उहाँहरूले असार २ मा एमालेले बोलाएको स्थायी कमिटी बैठकमा आफ्ना समूहका सदस्यलाइ नपठाउन र आफू पनि नजान अनुरोध गरेको बुझिएको छ । समूहभित्र पनि एक्लो बनेका माधव नेपाललाई समस्या भएको छ । केहीदिनअघि सचिव योगेश भट्टराईले नेपालले वुढानिलकण्ठ मोह नत्यागे पछि लाग्न नसक्ने बताउनुभएको थियो । त्यसपछि नेपालले आफू बुढानिलकण्ठ जाँदा नजिककाहरूकै बाट आलोचनाको शिकार भएको भन्दै कोटेश्वरमा निम्ता दिनुभएको थियो । उहाँहरूको बीचमा प्रतिनिधिसभा पुनस्थापना भएको अवस्थामा कसरी अघि बढ्ने भन्नेमा छलफल भैरहेको बुझिएको छ ।

प्रकाशित मिति : 19:06