२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

गुटउपगुटमा विभाजित याे अप्राकृतिक गठबन्धनको आयु लामो छैन: नेता गुरुङ

३० जेठ, पोखरा । गण्डकी प्रदेशका निवर्रेतमान मुख्यमन्त्री तथा एमाले नेता पृथ्वी सुब्बा गुरुङले प्रदेशमा काँग्रेस नेतृत्वमा बनेको वर्तमान अप्राकृतिक गठबन्धनको आयु लामो नभएको बताउनुभएको छ ।

आइतबार पोखरामा पत्रकार सम्मेलन गर्दै गुरुङले गठबन्धनलाई अप्राकृतिक भन्दै यसको गठबन्धनकै कारण गण्डकीमा एमाले नेतृत्वको सरकार ढलेको भन्दै गठबन्धनको आयु लामो नहुने दावी गर्नुभयो । गण्डकीमा एमालेले अब रचनात्मक प्रतिपक्षको भूमिका निभाउने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘प्रदेशमा अव एमालेले रचनात्मक प्रतिपक्षको भुमिका खेल्छ ।

तर गुटउपगुटमा विभाजित अप्राकृतिक यो गठबन्धन पूर्वपश्चिम फर्केको छ । कुर्सी प्राप्तिमा गरिने गठबन्धनमा केही न केही झगडा हुन्छ र गठबन्धनको आयु लामो छैन । मेरो भूमिकामा फरक पर्ला तर प्रदेश सभा ५ वर्ष चल्नुपर्छ भन्ने मान्यतामा म अडिग छु ।’

राजनीति फोहोरी खेल नभएपनि राजनीतिमा फोहोरी मान्छेको प्रवेशले नेपालको राजनीतिमा समस्या देखिने गरेको उल्लेख गर्दै नेता गुरुङले गठबन्धनकातर्फबाट नियुक्त भएका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको गठबन्धनले शनिबार प्रदेश प्रमुखको कार्यालय घेराउ गरेर राजनीतिक आचरण नदेखाएको भन्दै रातारात त्यस्तो गर्नुपर्ने आवश्यक्ता आफुले नदेखेको धारणा राख्नुभयो ।

प्रकाशित मिति : June 13, 2021 at 2:58 pm