अब कर्णालीमा नेकपा (एमाले)को एकल बहुमतको सरकारः नेता रिजाल
३० जेठ, काठमाडाैँ । कर्णाली प्रदेशमा नेकपा (एमाले)को एकल बहुमतको सरकार बन्ने भएको छ । एमाले केन्द्रीय सदस्य विष्णु रिजालले अब कर्णालीमा एमालेको एकल बहुमतको सरकार बन्ने बताउनुभएको छ । उहाँले समाजिक सञ्जाल मार्फत अब एमालेको एकल सरकार बन्ने जानकारी दिनुभएको हो ।
कर्णालीमा हेर्दाहेर्दै नेकपा (एमाले) को हातबाट फुत्किएको राजनीतिलाई ४ सांसदको पुनर्बहालीसँगै अदालतले फेरि एमालेकै हातमा फर्काइदिएको छ । ३९ सदस्यीय प्रदेशसभामा एमालेको स्पष्ट बहुमत अर्थात् २० सिट छ । पार्टी मिल्नासाथ तुरुन्तै एकल सरकार बनिहाल्छ । हामी सबैलाई एकपटक लडेपछि धूलो टक्टकाएर उठ्ने मौका मिलेको छ । मन माझौँ, पार्टी मिलाऔँ, जनादेशको सम्मान गरौँ ।
प्रकाशित मिति : 12:51









