ओली विरूद्ध लड्न माधव नेपालले बनाए पूर्व प्रधानमन्त्री क्लब, यस्तो छ पहिलो विज्ञप्ति
२९ जेठ, काठमाडाैँ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओलविरूद्ध लड्न बाहिर शक्ति आमन्त्रण गर्ने क्रममा शनिबार एउटा पूर्व प्रधानमन्त्रीको क्लब बनाउनुभएको छ । क्लबमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बाहेक सबै कम्युनिस्ट पृष्ठभूमिमा सदस्य रहेका छन ।
जसमा एमालेकै अर्का वरिष्ठ नेता झलनाथ खनाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराइ रहेका छन । क्लबले शनिबार एउटा विज्ञप्ति पनि जारी गरेको छ । विज्ञप्तिमा पाँचै जनाको डिजिटल हस्ताक्षर समावेश गरिएको छ ।
विज्ञप्तिमा नेपालको संविधानमाथि प्रहार गर्ने काम गरिरहेको भन्दै प्रधानमन्त्री ओलीको आलोचना गरिएको छ । पाँच जनाले काम चलाउ सरकारको प्रधानमन्त्रीमा परिणत भइसकेको अवस्थामा अध्यादेशबाट बजेट घोषणा गर्ने, सरकारको नीति तथा कार्यक्रम झैं प्रधानमन्त्रीले वाचन गरेर सार्वजनिक गर्ने, संविधान संशोधन गर्न भनि राष्ट्रिय सहमति नगरी अत्यन्त संवेदनशील विषयमा स्वेच्छाचारी किसिमले कार्यदल गठन गर्ने भएको भन्दै आपत्ति जनाइएको छ ।


प्रकाशित मिति : 19:45









