२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

एमालेमा नफर्कने निर्णय लिएका माधव नेपाल फेरि देउवा निवासमा

२७ जेठ, काठमाडाैँ । नेकपा (एमाले)मा नफर्कने निर्णय लिनुभएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल फेरि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुग्नुभएको छ । उहाँ पछिल्लो साताहरूमा दिनहुँजस्तो देउवा निवास धाउन थाल्नुभएको छ । उहाँ सरकारको विरूद्धको रणनीति बनाउने अभियानमा देउवा निवास पुग्नुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेर शपथ खुवाउँदै गर्दा विपक्षी गठबन्धनका नेताहरू देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादव छलफलमा जुट्नुभएको हो ।समसामयिक विषयमा छलफल गर्ने नेताहरू भेला भएको कांग्रेस सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 18:49