गण्डकी प्रदेशका मुख्यमन्त्री गुरूङले विश्वासको मत लिँदै, अन्तिममा मनाङ्गे साथ छाडे
२७ जेठ, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले आज प्रदेशसभा बैठकमा विश्वासको मत माग्ने कार्यक्रम रहेको छ । मुख्मन्त्री गुरूङको मन्त्रिपरिषद्का अर्का एक सदस्य राजिव गुरूङले अन्तिम अवस्थामा साथ छाडेपछि विपक्षीको बहुमत पुग्ने देखिएको छ ।
मनाङले गुरूङको विपक्षमा मत दिएको खण्डमा प्रदेशसभा विघटनबाट बच्ने छ । आज मध्याह्न १२ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत माग्ने कार्यक्रम रहेको छ ।
गण्डकी प्रदेश सभामा कूल सदस्य संख्या ६० रहेको छ । जसको बहुमत ३१ हुन्छ। गण्डकीमा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२ (सभामुखसमेत), जनता समाजवादी पार्टीका २ र राष्ट्रिय जनमोर्चाका ३ (कृष्ण थापा सरकारतिर) गरी कूल ६० जना सांसद रहेका छन ।
प्रकाशित मिति : 07:57









