प्रदेश २ मा जसपाले १ मात्र मन्त्रालय दिएपछि माओवादी रिसायो, सरकारमा सहभागी नहुने
२६ जेठ, काठमाडौँ । प्रदेश नम्बर २ मा नेकपा माओवादी केन्द्र भनेजति संख्यामा मन्त्री नपाएपछि रिसाएको छ । जसपाले एक मात्र मन्त्रालय दिने भएपछि माओवादी अब सरकारमा सहभागी नहुने भएको छ । यसअघि दुइ मन्त्रालय दिने सहमति भएको प्रचार भए पनि अन्तिम समयमा माओवादीले एक मन्त्रालय पाउने भएपछि सरकारमा सहभागिता नै जनाएन । ग्रेसका तीन मन्त्रीले भने केहीबेर अघि पद तथा गोपनियताको शपथ लिएका छन ।
प्रकाशित मिति : 22:31









