२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

नजिककाहरूसँग माधव नेपालको सन्देश, म एमालेमा फर्कन्न, तपाईंहरू जेसुकै गर्नुस्

२६ जेठ, काठमाडाैँ ।  माधवकुमार नेपालले नेकपा (एमाले)लेमा नफर्कने स्पष्ट पार्नुभएको छ । निकटका नेताहरूसँग कुरा गर्दै उहाँले आफू कुनै पनि हालतमा एमालेमा नफर्किने बताउनुभएको हो । नेपालका विश्वासपात्र स्थायी कमीटीका एक सदस्यका अनुसार नेपालले एमालेकाविरूद्धमा धेरै अपराध गरिसकेका कारण त्यही पार्टीमा रहेर उही नेता कार्यकर्तासँग बस्न असहज हुने बताउनुभएको छ । उहाँले सोही कारणले नयाँ दल खोल्ने पक्रिया अघि बढाउनुभएको छ ।

बीचमा दोस्रो तहका केही नेताले पार्टी एकताका नाममा समय गुजिरीदिएपछि नेपालमा फेरि एमाले मिल्ने हो कि भन्ने भय पनि देखिएको छ । ओलीले अस्वीकार गर्दै आएको कुरा समेत अहिले माधव नेपालको माग पूरा गराउने नाममा स्वीकृत भएपछि नेपाल झस्किएका छन । नेपालले आफ्ना लागि ओली भन्दा  शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डसँग सहकार्य गर्न सहज मानिरहनुभएको छ ।

नेपालले नयाँ दल खोल्ने बेलामै नेकपा माओवादी केन्द्रसँग मिसिएर अघि बढ्नेबारेमा प्रचण्डसँग पटक पटक छलफल गरिरहनुभएको छ । नेपालले निकटकाहरूसँग आफू एमालेमा नफर्कने भएपछि तपाईंहरू जेसुकै गर्नुस् भनेर जवाफ दिएको ती नेताले बताए । अहिले एमाले एक गराउने भनेर वार्ताका नामा दाैडधुप गरिरहेका नेताहरूलेनेपालमाथि अतिवादीको आरोप समेत लगाएका छन । उनीहरू नेपालले एकता नचाहेपछि वार्ता गरेर आफ्नो भविष्य सुनिश्चत गर्नेतर्फ केन्द्रीत भएका छन ।

 

प्रकाशित मिति : 15:06