२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

नयाँ पार्टीको टुंगो नभएपछि एमाले कै बैठकमा बस्ने बामदेवको चाहना

२५ जेठ, काठमाडौँ । माधव नेपालाई एमाले छाड्न उक्साइ रहनुभएका बामदेव गौतमले फेरि एक पटक एमालेकै बैठकमा बस्ने चाहना व्यक्त गर्नुभएको छ । उहाँले मंगलबार एक विज्ञप्ति जारी गर्दै एमालेको स्थायी कमीटी बैठक बोलाएर त्यहाँबाट समस्याको समाधान खोज्नुपर्ने बताउनुभएको थियो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस र माओवादीमा विलय हुनुभन्दा एमालेमै बसेर काम गर्न र एकतावद्ध एमाले बनाउने अभियानमा लाग्न अपिल गरेपछि कांग्रेस र मओवादीको एजेण्डा शिरमा बोकेर हिडिरहेका नेताहरूले विस्तारै बोली फेरिरहेका छन ।

कतिपय मन्त्री नै पाइन्छ कि भन्ने आशमा एमाले फर्कन खोजिरहेका छन भने कतिपय खरानी नै बनेर त्याग देखाउने अभियानमा सक्रिय रहेका छन । मंगलबार दिउँसोमात्रै पूर्वमन्त्री समेत रहेका गोकुल बाँस्कोटाले माधव नेपाल गुटलाई खरानी समूहको उपमा दिनुभएको थियो । उहाँले माओवादीमा विलय र कांग्रेस बन्न जाने सबैका लागि शुभकामना पनि दिनुभएको थियो ।

मंगलबार साँझ पख भूमिगत रूपमा एमालेका विभाजनमा मलजल गर्ने तर बाहिरी रूपमा पार्टी एकताको अभियान भनेर चलाइरहनुभएको गौतमले अब स्थायी कमिटी बैठक बोलाएर समस्या समाधान गर्नुपर्ने बताउनुभएको छ । उहाँले केही अघि प्रधानमन्त्री निवास बालुवाटार पुगेर आफू माधव नेपालले खोल्ने नयाँ पार्टीमा लाग्ने बताउनुभएको थियो । पार्टी फुटाउने हैसियत समेत नभएकाले नयाँ पार्टी गठन पनि गर्न नसकेपछि ओलीको अपिलपछि नेताहरूले एमालेको नीति र बिधि ध्वस्त पार्दै फेरि एमालेमा फर्कने संकेत दिइहरकोछन ।

गौतमले छिटोभन्दा छिटो २०७५ जेठ २ गते कायम रहेको नेकपा(एमाले) को दुई वरिष्ठ नेता, चार उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिवसहितको स्थायी कमिटी बैठक बोलाएर पार्टीभित्र उत्पन्न भएका विषयहरुमा छलफल गरी सही मार्गदर्शन गर्न अध्यक्ष ओलीलाई आग्रह गर्नुभएको छ । ‘सर्वोच्च अदालतको संवैधानिक इजलासले विघटित प्रतिनिधिसभा पुनस्र्थापना वा प्रधानमन्त्रीको कदमलाई सदर गरेको अवस्थामा निर्वाचनमा जान परे पनि दुबै अवस्थाका चुनौतिलाई सामना गर्न एकतावद्ध नेकपा (एमाले) तयार छ भन्ने सन्देश दिने गरी छलाङ लगाएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुपर्दछ,’ उनको भनाइ छ ।

प्रकाशित मिति : 20:30