अझै बार्ताको नाटक गर्दै एमालेका दोस्रो तहका नेताहरू, फेरि होटल छिरे
२५ जेठ, काठमाडौँ । नेकपा एमालेले विभाजन भैसकेको भन्दा बढी पीडा खेपिरहेको छ । एमालेमा माधवकुमार नेपालले समूहले पार्टीलाइ खरानी बनाएर त्यो कांग्रेस र माओवादीलाइ बेच्न खोजेको भनेर पार्टी भित्रकै नेताहरूले आरोप लगाउन थालेका छन । मंगलबारमात्रै सुदुरपश्चिममा राजनीतिक अपराधमा एमालेका १७ सांसद सहभागी भएका छन ।
उनीहरूको राजनीतिक अपराधमा माधव समूहका नेताहरूले खुशी साटी रहेका छन । त्यही समूहका नेता भनेर चिनिएका र पार्टीको संस्थापन समूहसँग वार्ता गरिरहेका केही नेताहरू भने अझै वार्ताको नौटंकी गरिरहेका छन । एमालेको अहिलेको गतिबिधिले आम नागरिकमा समेत निराशा पैदा गरिसकेको छ । विदेशीको कठपुती भनेर पार्टी व्यवस्था नै चकनाचुर बनाउन लागिपरेका केही नेताहरू भने कांग्रेस र माओवादीको काखमा पुगिसकेका छन ।
एमालेका दोस्रो तहका नेताका नाममा फेरि वार्ताको नौटंकी सुरू भएको छ । विभिन्न होटल चाहार्दै समय गुजार्ने र एकपछि अर्को गरि पार्टीको नीति र निर्णयमा धक्का दिइरहेका उनीहरू किन यसो गरिरहेका छन भन्ने कसैले बुझेको छैन । मंगलबार एमालेका नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, सुरेन्द्र पाण्डे र गोकर्ण विष्टलगायतका नेता फेरि वार्ताका नाममा होटल छिरेका छन ।
उनीहरू ललितपुरको एक होटलमा बसिरहेका छन । पार्टीको नीति र बिधि दुबै खरानी बनाएर दोस्रो तहका नेताहरू बेश्रम वार्ताको नौटंकीमा निरन्तर लागिरहेका छन । प्रधानमन्त्री केपी शर्मा ओलीलाइ जेठ ३ को अवस्थामा फर्किन अनुरोध गरेर एमालेका सक्रिय हुने भनेकाहरू प्रचण्ड र देउवासँग सल्लाह गरेर एमालेमाथि आक्रमण गरिरहेका छन । यद्उपी नेताहरू होटलमा बसेर कफी पिएर वार्ताको रमिता भने गरिनै रहेका छन ।
प्रकाशित मिति : 18:16









