२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

पूर्वमन्त्री बाँस्कोटाले दिए माधव नेपालको खरानी समूहलाई कांग्रेस प्रवेशको शुभकामना

२५ जेठ, काठमाडाैँ । नेकपा (एमाले)का प्रभावशाली युवा नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले माधवकुमार नेपालको खरासी मसूहलाई नेपाली कांग्रेसमा प्रवेश गर्न वा माअोवादी केन्द्रमा विलय हुन शुभकामना दिनुभएको छ । माधव समहूले साताैँ पटक एमालेकाविरूद्धमा घात गरेपछि पूर्वमन्त्री बाँस्कोटाले समाजिक सञ्जाल मार्फत यस्तो शुभकामना दिनुभएको छ ।

बाँस्कोटाले भन्नुभएको छ ‘विधि, पद्दती, अनुशासन, संघीयता, पार्टी एकता, समाजवाद, लोकतन्त्र के के हो के के जोगाउने एमालेको खरानी समुहले आज पनि पार्टी एकताको ठोस आधार निर्माण गरेकोमा हार्दिक बधाई । माकेमा विलय हुने र काँङ्ग्रेस प्रवेश गर्ने उहाँहरुको छलाङकारी यात्रामा आज उपरान्त कसैले अवरोध नगरोस, अग्रिम शुभकामना !!’

प्रकाशित मिति : 16:45