२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

आफैँ कांग्रेसकाे शरणमा परेका प्रचण्डले म माओवादीमा फर्कने हल्ला चलाए: पूर्वमन्त्री रायमाझी

२५ जेठ, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री टाेपबहादुर रायमाझीले माओवादी केन्द्रमा फर्किने हल्ला गलत रहेकाे बताउनुभएकाे छ । साेमबार एक विज्ञप्ति जारी गर्दै उहाँले नेकपा (एमाले) छाड्ने कुरा कल्पना पनि नगरेकाे उल्लेख गर्नुभएकाे छ ।
उहाँले प्रचण्डको भ्रष्ट प्रवृत्तिले विघटन भैसकेको माओवादी अब गन्तव्य नहुने बताउनुभयाे । उहाँले प्रचण्ड आफैँ कांग्रेस सभापति शेरबहादुर देउवाकाे शरणमा परेकाे भन्दै उनैले एमाले छाड्ने हल्ला चलाएकाे उल्लेख गर्नुभएकाे छ ।

यस्ताे छ रायमाझीकाे विज्ञप्ति

नेकपा एमाले स्थायी कमिटीका सदस्य
कमरेड टोप बहादुर रायमाझीद्वारा जारी
प्रेस विज्ञप्ति
पछिल्लो समय केहि सञ्चार माध्यमहरुबाट मेरो नाम जोडेर नेकपा (माओवादी केन्द्र) मा फर्किन लागेको भनेर आएका आधारहीन, भ्रमपूर्ण एवं कपोकल्पित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । क. प्रचण्डमा रहेका कुर्सी मोह (पदलोलुपता), अस्थिरता, परिवारवाद एवं भ्रष्ट आचरणका कारण उहाँ राजनीतिक एवं वैचारिक रुपमा नै विचलित भई सिङ्गो पार्टीलाई विघटन एवं विसर्जनको दिशमा अगाडि बढाउदै कांग्रेस सभापतिको शरणामा पुगेको स्थिति छ ।

सुशासन सहितको स्थिरता मार्फत मुलकमा दिगो/चौतर्फी विकास एवं समृद्धि तथा नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा एवं विकासका लागी अहिले हामी क. केपी ओलीको नेतृत्वमा रहेको कम्युनिष्ट पार्टीसंग एकता र सहकार्यको प्रक्रियामा नै रहेकोले औपचारिक रुपमा विघटनको घोषणा गर्न मात्र बाँकी रहेको माओवादी केन्द्रको आयू बढाउन गरिएका यी र यस्ता भ्रम एवं षड्यन्त्रपूर्ण झांसामा नआउन सम्पूर्ण आदरणीय देशभक्त एवं प्रगतिशील महानुभावहरु/जनसमुदायमा हार्दिक अनुरोध/अपिल छ ।
मिति:२०७८/०२/२४

प्रकाशित मिति : 07:21