२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

माधव नेपाल र प्रचण्ड देउवा निवासमा

२४ जेठ, काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले) का नेता माधव कुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलगण्ठ पुग्नुभएकाे छ । पार्टीको स्थायी कमिटीको बैठकलगत्तै नेता नेपाल  दाहालसँग देउवा निवास पुग्नुभएकाे हाे ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको लागि ६ बुँदे प्रस्ताव अघि सार्नुभएकाे छ । उक्त प्रस्ताव आफूहरुलाई मान्य नभएको नेपाल पक्षधर नेताहरुको भनाई आइसकेको छ । अहिले केहीबेरमै नेपाल पक्षले ओलीको ६ बुँदे एकता प्रस्तावको जवाफ ६ बुँदेमा नै दिने भएको छ । नेता नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता नलिने अडान लिएका छन् । यही कुराको विश्वास दिलाउनको लागि नेता नेपाल र दाहाल अहिले देउवा निवास पुग्नुभएकाे हाे । उहाँहरुबीच छलफल जारी छ ।

प्रकाशित मिति : 17:30