२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

मन्त्री थापालाई निकाल्न माग गर्दै एमालेद्धारा कर्णाली प्रदेश सभा अवरूद्ध

२४ जेठ, काठमाडाैँ । नेकपा एमालेका सांसदहरूले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापालाई संसद् बैठकबाट बाहिर निकाल्न माग गर्दै कर्णाली प्रदेश सभा बैठक अवरूद्ध गरेका छन्। एमाले सांसदहरूले आजदेखि सुरु भएको कर्णाली प्रदेश सभाको आठौं अधिवेशनको पहिलो बैठकमा सभामुखले कार्यसूची अघि नबढाउँदै उठेर विरोध जनाएका थिए।

एमाले संसदीय दलका नेता यामलाल कँडेलले फौजदारी अभियोग प्रमाणित भइसकेको व्यक्ति झण्डा हल्लाउँदै सभामा प्रवेश गरेकाे विराेध जनाउनुभएकाे हाे । जनप्रतिनिधिको संस्था नैतिक मूल्य र मान्यताको आधारमा चल्नुपर्ने भन्दै नेता कँडेलले प्रदेश सभाभित्र प्रवेश गरेका मन्त्री थापालाई बाहिर निकाल्न सभामुखलाई आग्रह गर्नुभएकाे हाे । उहाँले मन्त्रीलाई बाहिर निकालेपछि मात्रै कार्यसूचि अगाडि बढाउन माग गर्नुभएकाे छ।

फ्लोर क्रस गरी मन्त्री बनेका थापाले जालसाजी मुद्दामा जेल सजाय पाएको खुलेको छ। वैशाख ४ गते मन्त्री नियुक्त भएपछि उहाँविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले जेठ ३० गतेभित्र सर्वोच्चमा उपस्थित हुन भनेको छ। सदनमा सभामुख शाहीले यो मुद्दा विचाराधीन भएकाले सदन चल्न आग्रह गर्नुभएकाे थियाे ।

तर प्रमुख प्रतिपक्षी दलले भने उभिएर वैठक अवरुद्ध गरिरहेका थिए। सवा २ बजेदेखि सुरु भएको बैठक आधा घण्टाका लागि अवरुद्ध भएको छ। एमाले र माओवादी पूर्ववत् अवस्थामा फर्किएपछि कर्णाली प्रदेश सभामा एमाले प्रमुख प्रतिपक्षी दलका रुपमा छ। यसअघि नेकपा एकताका बेला प्रमुख प्रतिपक्षी दल रहेको नेपाली कांग्रेस दुई मन्त्रालय लिएर सरकारमा गएको छ।

याे पनि पढ्नुहाेस्ः

-माधव नेपाल समूहका नेता थापाले नक्कली नागरिकता बनाएर मन्त्री बनेको खुलासा

-रातो पासपोर्टधारी सांसदको मिलेमतोमा मानव तस्करी !

-मानवतस्करीमा नेकपा सांसदको संलग्नताबारे छानविन हुँदै, शाहको संयोजकत्वमा समिति गठन

नेकपाकै सांसदकाे मिलेमताेमा यसरी हुँदैथियाे मानव तस्करी (भाग–२)

प्रकाशित मिति : 16:48