२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

माधव नेपाल समूहका नेता थापाले नक्कली नागरिकता बनाएर मन्त्री बनेको खुलासा

१६ जेठ, काठमाडाैँ । फाैजदारी अभियोगमा जेल परेका एक जना व्यक्ति नामै परिवर्तन गरेर राजनीति गर्दै मन्त्री बनेको खुलासा भएको छ । कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्री अमरबहादुर थापाले अपराध लुकाउनका लागि नामै परिवर्तन गरेको खुलेको हो । थापाको खास नाम अम्बरबहादुर हो तर फाैजादरी अभियोगमा सजाँए पाएर छुटिसकेपछि उनले नामै परिवर्तन गरेर अमरबहादुर बनाएका हुन ।

थापाले कीर्ते जालासाजी तथा ठगी मुद्दामा जेल सजाय भाेगेका थिए । नागरिकताको प्रमाणपत्रका आधारमा उनी अमरबहादुर हो कि अम्बरबहादुर हो भन्ने खुट्याउन सकिन्छ । तर, उनले प्रदेश संसद् लगायत विभिन्न सरकारी निकायमा नागरिकता नै पेश गरेको छैन । मन्त्रीले आफ्नी आमाको नाम पनि ठाउँ अनुसार कतै सावित्री त कतै सेतु लेख्ने गर्नुभएको पाइएको छ । थापाको नागरिकता नम्बर १०८८ र जारी भएको जिल्ला दैलेख लेख्ने गरेका छन तर सो को अभिलेख जिल्ला प्रशासन कार्यालयमा नभेटिएपछि पत्रकार सूर्यमणि गाैतमले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका छन । अदालतले जेठ ३० गते मन्त्री थापा सहित दुवै पक्षलाई आ-आफ्नो दाबी लिएर उपस्थित हुन आदेश दिएको छ ।

यो पनि पढ्नुहोस्

-रातो पासपोर्टधारी सांसदको मिलेमतोमा मानव तस्करी !

नेकपाकै सांसदकाे मिलेमताेमा यसरी हुँदैथियाे मानव तस्करी (भाग–२)

-मानवतस्करीमा नेकपा सांसदको संलग्नताबारे छानविन हुँदै, शाहको संयोजकत्वमा समिति गठन

थापले २० वर्षअघि २५ रूपैयाँ जरिबानासहित ६ महिना कैद भोगेका थिए । उनी सरकारी छाप र दस्खत कीर्ते गरेको अभियोगमा जेल परेका हुन । पत्रकार गाैतमका अनुसार थापकाविरूद्धमा २०४३ सालमा सरकारी छाप दस्तखत कीर्ते गरेको मुद्दा पर्यो सोही मुद्दामा ०५७ सालमा जेल सजाय र जरिवाना भयो । जेलमुक्त भएपछि थापाले पुनः नक्कली नागरिकता लिएको अनुमान गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा उनको नाागरिकता नम्बर अनुसारको अभिलेख नभेटिनुले यसलाई थप बल पुर्याएको पनि छ । थापा केही अघि रातोपासपोर्ट दुरूपयोग गरेर मानवतस्करी गर्ने गिरोहसँग जोडिएका थिए । गत प्रदेशसभा निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका थापा माधवकुमार नेपाल समूहका कर्णालीका खम्बा हुन । उनले माओवादी केन्द्रको सत्ता जोगाउनका लागि फ्लोर क्रस गरेका थिए । त्यसपछि एमालेले उनलाई साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेको थियो ।

प्रकाशित मिति : 19:09