पुनर्गठनपछि आज पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्दै
२४ जेठ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझका लागि मन्त्रिपरिषद् बैठक बाेलाउनुभएकाे छ । भर्चुअल माध्ययमबाट मन्त्रिपरिषद्को बैठक तय भएको नवनियुक्त एक मन्त्रीले जानकारी दिनुभयाे । जसपाका ८ र एमालेका २ मन्त्रीलाई थपेर ओलीले शुक्रवार मन्त्रिपरिषद् विस्तार गर्नुभएकाे थियाे । नयाँ मन्त्रीलाई निर्देशनसहित केही निर्णय लिन मन्त्रिपरिषद्को बैठक राखिएको स्रोतले बतायो ।
प्रकाशित मिति : 14:33









