२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

नेकपा एकताबारे ओलीको भनाइ झूट, भ्रामक र षड्यन्त्रपूर्ण छ : प्रचण्ड

२४ जेठ, काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकताबारे प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ झूट, भ्रामक र षड्यन्त्रपूर्ण रहेको बताउनुभएकाे छ । साेमबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै अध्यक्ष प्रचण्डले ओलीको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्नुभएकाे छ ।

प्रधानमन्त्री ओलीले आइतवार साँझ लिखित वक्तव्य जारी गर्दै तत्कालीन नेकपा एकता अदालतले नभई प्रचण्डले भंग गरेको आरोप लगाउनुभएकाे थियाे । एमाले अध्यक्ष समेत रहनुभएका ओलीले अदालतले पुनः एकताको प्रक्रियामा आउन दिएको समयभित्र प्रचण्डले एकताका लागि रुचि नदेखाएका कारण एमाले र माओवादी छुट्टिनु परेको बताउँदै आउनु भएकाे छ ।

यस्तो आरोपबारे जवाफ दिँदै प्रचण्डले भन्नुभएकाे छ, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झूट, भ्रामक र षड्यन्त्रपूर्ण छ । त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु ।’

प्रकाशित मिति : 13:43