नेकपा (एमाले)को विवाद अन्त्य, माओवादीसँग एकताअघिको अवस्थाबाट पार्टी अघि बढ्ने
२३ जेठ, काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी २०७५ जेठ ३ गतेको अवस्थामा पुगेको घोषणा गर्नुभएको छ । योसँगै नेकपा एमालेको विवाद अन्त्य भएको छ ।
पार्टीभित्र दोस्रो तहका नेताहरूले निरन्तर गरेको संवादपछि प्रधानमन्त्री समेत रहनुभएका ओलीले यस्तो घोषणा गर्नुभएको हो । यो घोषणाले पार्टीको जिल्ला र प्रदेश कमिटी र भ्रातृ संगठनहरू पनि पूर्ववत अवस्थामा सञ्चालन हुनेछन ।
माधवकुमा नेपाल समूहले केही समयदेखि उठाउँदै आएको माग ओलीले पूरा गरिदिएपछि एकताका पक्षमा रहेका सो समूहका नेताहरूलाइ भने सजिलो भएको छ । उहाँहरूले प्रधानमन्त्रीको यस विज्ञप्तिमा पहिल्यै नै सहमति जनाएको स्रोतले जनाएको छ ।
ओलीले त्यसो गर्दा तत्कालीन नेकपाको केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिएका नेताहरुसहित केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचनाहरु क्रियाशील हुने बताउनुभएको छ । ओलीले पार्टी कमिटी र जनसंगठनहरु पनि मूलभूत रुपमाा २०७५ जेठ २ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने घोषणा गर्नुभएको छ ।
आइतबार पार्टी एकताका लागि ६ बुँदे अपिल जारी गर्दै ओलीले आफ्नो पार्टीको प्रधानमन्त्रीलाई पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने रिटबाट हस्ताक्षर फिर्ता हुने र यसबीचमा भएका कारवाही फिर्ता गरिने र कुनै पुर्वाग्रह र भेदभाव नराखिने समेत बताउनुभएको छ ।


प्रकाशित मिति : 21:33









